काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले सरकारले वरीयताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा बाँकी सबै सचिव तर्सिएको टिप्पणी गर्दै चारैतिर बेथिति र अराजकता रहेको आरोप लगाएका छन्।
सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारको मुख्य काम थिति बसाल्ने र कानूनको कार्यान्वयन गर्ने भए पनि त्यसो हुन नसकेको बताए।
उनले अन्य नियुक्तिहरुमा पनि वरीयताक्रम मिच्ने काम भएको बताए। उनले प्रधानमन्त्रीकै तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका बताए।
‘मुलुकमा सबैतिर बेथिति नै बेथिति छ‚ अराजकता नै अराजकता छ‚’ उनले भने‚ ‘प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका छन्। यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताए। उनले सरकारले वरीयताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण सचिवहरु आतंकित हुनु परेको बताए।
‘सरकारले गर्नुपर्ने मुख्य कुरा थिति बसाल्ने कुरा हो तर मुख्य सचिव बनाउँदा वरीयताक्रम मिच्ने काम गर्यो। जसको कारणले अरु सचिवहरु आतंकित हुनुपर्ने, राजीनामा दिनुपर्ने खालका कुरा आए‚’ उनले भने‚ ‘हिजोमात्रै खेलकुद परिषद्अन्तर्गत खेलकुद विभागमा वरीयताक्रम मिचेर नियुक्ति गरेको कारणले वरिष्ठ खेलाडी, ओलम्पियन संगिता वैद्यले राजीनामा दिएको कुरा बाहिर आइरहेका छन्।’
उनले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुन्छ भने आफूहरु तयार रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया