Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

प्रधानमन्त्रीले किन बोलाए सबै मन्त्रीलाई सिंहदरबार ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन्। दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बनेको २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरुको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको छ।

जनचाहना अनुसार काम गर्ने भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको आज ५७ दिन पुगिसकेको छ।

अधिकांश मन्त्रीहरु काममा भन्दा बढी विवादमा पर्दै आएका छन्। आज मन्त्रीहरुले गरेको प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए।

आज मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओलीले आज साँझ मन्त्रिपरिदको बैठक पनि बोलाएका छन्। आजको बैठकमा सरकारले केही महत्वपुर्ण निर्णयहरु गर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP