काठमाडौँ : पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन्।
पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए। उनले सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए।
उनले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए। उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउन उपसभामुखलाई हटाउन खोजिएको बताए।
सपकोटाले भने‚ ‘उहाँहरूले(सत्तारुढ दलहरूले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ। अहिले सरकार अल्पमतमा छ। त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो। उहाँको गल्ती कमजोरी पनि होला। मैले बुझ्न बाँकी छ। उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्मा निर्णय गर्नका लागि सहज बनाउन यो एजेण्डालाई अगाडि ल्याएको हो। सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन।’
पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओज राख्नुपर्ने बताए। उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्न नहुने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया