Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

मलाई यति छिट्टै प्रधानमन्त्रीबाट हटाइन्छ भनेर विश्वले नै ठानेको थिएन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई यति छिट्टै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने कुरा विश्व समुदायले पनि नठानेको बताएका छन्।

पार्टीको काठमाडौं-चितवन सम्पर्क समन्वय समितिको भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले विश्वले नेपाललाई अहिले नजिकबाट हेरिरहेको बताए।

‘एउटा मात्र उदाहरण भन्छु म प्रधानमन्त्रीबाट हटेपछि ब्रिटिस राजदूतले एउटा पत्र ल्याउनुभयो त्यहाँको प्रधानमन्त्रीले पठाएको पत्र। मैले त्यो प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र हो कहाँ यहाँ (खुमलटार) ल्याउनुभएको भनेँ।’ प्रचण्डले थपे, ‘राजदूतले तपाईं प्रधानमन्त्री हुनुस् वा नहुनुस् तपाईं प्रधानमन्त्रीभन्दा माथिको नेता भएकाले तपाईंको हातमा दिनु भनेर हाम्रो प्रधानमन्त्रीले भन्नुभएको छ भन्नुभयो। यो विश्वले नेपाललाई कसरी चिन्दै छ भन्ने सानो उदाहरण मात्रै हो।’

उनले इजरायल-हमासको लडाई भइरहँदा पनि संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल ल्याउन आफू सफल भएको बताए। उनले आफू सरकारबाट बाहिरिँदै गर्दा विजयी भाव र आत्मविश्वासका साथ निस्किएको तर सरकारमा जानेहरू काम्दै गएको टिप्पणी गरे।

उनले सरकारले दुई तिहाइको दम्भ देखाउन खोजे पनि आफूहरूले निरन्तर खबरदारी गरिरहेको बताए। त्यसैको फलस्वरुप सरकार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई हटाउने कदमबाट पछि हटेको प्रचण्डको दाबी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP