Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

पीडितहरूलाई राहत र उद्धारका लागि कांग्रेसले ५० लाख सहयोग गर्ने

काठमाडौं : नेपाली कांग्रेसले प्राकृतिक प्रकोपजन्य घटनामा राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ। कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासँग स्थगन गरी सबै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ।

यस्तै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रमसमेत स्थगन गरिएको प्रवक्ता महतले बताए। अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउनसमेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए।

यस्तै, बैठकले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ। निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारहरुलाई टिकट वितरणको जिम्मा पनि बैठकले पार्टी सभापति देउवालाई नै दिने निर्णय गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP