काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञान र सिद्धान्त निर्माणमा पश्चिमाको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा आलोचना भइरहेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर व्यंग्य गरिएको भन्दै पश्चिमाको मान्यता मात्र ठिक भन्न नहुने तर्क गरे।
‘प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अङ्ग्रेजीमा समेत नेपाली नामबाट नै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो’, उनले भनेका छन्,‘‘उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्ष्यका रूपमा बुझ्नु पर्दछ।’
पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक रहेको भनदै त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्नेमा जोड दिएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया