Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

त्रिभुवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

शुक्रवार बिहान एयरपोर्ट भएको उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवाप्रदायक संस्था, सुरक्षाकर्मी लगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराएका हुन्।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रु शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरूलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराए। उनले उड्ने र गुड्ने दुवै सवारीसाधनले चाडवाडका वेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए।

उनले यात्रुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गरे। विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेत देखिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो।

मन्त्री पाणंडेले भने‚ ‘पर्यटक भनेको शक्तिशाली सन्देशवाहक हो। त्यसैले हामीले त्यो कुरा एयरपोर्टमा सुधार्दै गएको छौं तर थप सुधार गर्नुपर्नेछ। यो विषय परिस्थितिमा यात्रुलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्छु। एउटा महत्त्वपूर्ण तर्क र तपाईंहरूको मर्का पनि लाग्यो मलाई कि प्लेन एकातिरको मात्रै प्यासेन्जर बोकेर गयो, खाली फर्किनु परेपछि उसको मर्का त बाहिर सुनिएको छ। तर त्यसरी गाडी पनि त दशैँको बेलामा एकतर्फी लिएर जानु पर्छ। फर्किंदा पनि खर्च जाँदाको पनि धान्नुपर्ने अवस्था छ भन्ने कुरा जायज छन्।’

मन्त्री पाण्डेले सरकारले हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP