Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रूपमा अघि बढाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।

उनले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन्। शनिवार काठमाडौँमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे।

उनले विश्व राजनीतिक एशिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलता बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए। राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।

श्रेष्ठले भने‚ ‘हामी दुईवटा छिमेक भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ। उनीहरूसँग समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ। एउटासँग घनिष्ट र अर्कोसँग अलि दूरीको सम्बन्धको पक्षमा छैनौं। तर हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको पक्षमा हामी जहिले पनि बोल्छौँ, अडान लिन्छौँ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवलम्बन गर्दै आएको र त्यसमा कत्ति पनि विचलित हुन नहुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP