Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

लहडमा नीति बनाउनु हुँदैन : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरु बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए।

उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भए पनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताए।

उनले अनुगमनको हिसावले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गरे। उनले भने, ‘हामीले कतिपय चिजहरु नयाँ पोलिसीहरु बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ। तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरु लहडमा भएका छन्। राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो। के हिसावले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो। यस्तो किसिमको चिजहरु बनाउँदा हामीले लहडमा बनाउने, लहडमा बन्द गर्ने हुनुहुँदैन। हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनुपर्छ। कतिपय चिजहरु अनुगमनको हिसावले मात्र राजश्व बढ्छ भन्ने हुँदैन।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताए। स्थिर नीति हुँदा व्यवसायहरु पनि फस्टाउने बताए। उनले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP