Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रै विरोध

 

काठमाडौँ : कीर्तिपुरमा पार्टी कार्यालय बनाउने जग्गा व्यापारीबाट सहयोग लिएको भन्दै सत्तारुढ दल नेकपा एमालेभित्र विरोध शुरु भएको छ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनीभन्दा बढी जग्गामा पार्टी कार्यालय बनाउन गत शुक्रवार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

त्यसको ३ दिनपछि नेतृ बिन्दा पाण्डेले सामाजिक सञ्जालमार्फत राजनीतिक दलले कार्यालय बनाउन अमुक व्यापारीको सहयोग लिनु गलत भएको बताएकी हुन्। यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनको ठम्याइ छ।

देशभरका कार्यकर्ताबाट सहयोग उठाएर भवन निर्माण गर्ने चर्चा चलाए पनि व्यवसायी गुरुङले नै निर्माण गरिदिने एमालेका केही नेताहरुले नै बताएका छन्।

पार्टीको निर्णायक तहमा छलफल र निर्णयबिनै पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिने पार्टी नेतृत्वको निर्णय दीर्घकालमा आत्मघाती सावित हुने भन्दै पाण्डेले सच्याउन माग गरेकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP