Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

रवि पक्राउको विरोधमा भिड जम्मा नपार्न रास्वपालाई चेतावनी

काठमाडौं : सत्तारूढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ। पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलका नेताहरुले न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्नेगरी विरोध प्रदर्शन नगर्न सचेत गराएको हो।

संसदीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा संसदले दिएको निर्देशनअनुसार लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धानको काम भइरहेका बेला त्यसलाई प्रभावित पार्ने काम नैतिक हिसावले पनि उचित नहुने भएकाले त्यसो नगर्न आफूहरुले सो पार्टीलाई आग्रह गरेको सत्तारुढ दलहरुले बताएका छन्।

बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले भिड जम्मा गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने, न्याय निरुपणको प्रक्रिया र अदालतलाई समेत प्रभावित तुल्याउने खालको रास्वपाको गतिविधि उचित नभएको निष्कर्ष निकाल्दै सबै सत्तारुढ दलहरुले पनि आ—आफ्नो तर्फबाट त्यसो नगर्न वक्तव्यमार्फत आग्रह गर्ने निर्णय पनि गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकले सो न्यायिक प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष रुपमा अघि बढाउन सत्तापक्ष प्रतिवद्ध रहेको उल्लेख गर्दै सबै पक्षको कुरा सुनेर अदालतले पनि आफ्नो निष्कर्ष दिने दिने विश्वास व्यक्त गरेको छ।

महासचिव पोखरेलले भने, ‘छानविन समितिले सर्वसम्मत रुपमा तयार पारेको प्रतिवेदनका आधारमा छानविनको प्रक्रिया अघि बढदाखेरी त्यसमाथि प्रश्न उठाउने कुरा उचित होइन। अर्को कुरा स्वभाविक रुपमा छानविनको न्यायिक निरुपणको आफ्नो विधि र प्रक्रिया हुन्छ। त्यस अर्थमा छानविनको प्रक्रिया अगाडि बढिरहेका बेलामा सडकमा भिड जम्मा गरेर छानविनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित पार्ने हिसावले गतिविधि गर्ने खालको कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन।’

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका नेता सहभागी थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP