Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

जलवायु परिवर्तनका असर घटाउन विश्वले नेपाललाई सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्ल्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर घटाउन विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएको बताएका छन्।

इजिप्टको कायरोमा वर्ल्ड अर्बान फोरममा सहभागी भई नेपाल फर्किएसँगै त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताए।

उनले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताए। उनले बाढी, पहिरो जाने, हिमालहरूमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रूपमा उठाएको नेपालको प्रस्तुति सशक्त भएको उल्लेख गरे।

उनले अन्ताराष्ट्रिय समुदाय नेपाललाई जलवायु अनुकूलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताए।

उपप्रधानमन्त्री सिंहले भने, ‘जलवायु परिवर्तनका कारणले अहिले अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ। यसले विभिन्न विपद् निम्त्याइरहेको छ।’

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्ने गरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बताए। गत आइतवार इजिप्ट गएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीनवटा सत्रलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP