Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्।

मकवनपुरको थाहा नगरपालिकामा आइतबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारको १०० दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको दाबी गरे। उनले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताए।

भ्रष्टाचारको प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन नसकेको तर्क गरे।

उनले संघीयता, समावेशिताको वास्तविक कार्यन्वयनका लागि संविधानको रक्षा गर्नु आफूहरुको दायित्व रहेको बताए। उनले आफ्नो पार्टी अहिले सबैभन्दा सहज स्थितिमा रहेको र जनतामा गएर समीक्षा गर्ने अवसर पाएको धारण राखे।

प्रचण्डले अब बस्ने पार्टीको बैठकले देशैभर सबै पालिकामा कार्यक्रम लिएर जाने तयारीमा रहेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP