काठमाडौँ : रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्।
सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एकजना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताए।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गरेकी थिइन्। उनले एकजना रथी आए पनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाए।
मन्त्री राईले भने, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एक जना अमेरिकन रथी आएका हुन् भ्रमणमा। त्योभन्दा अर्को कुरा मलाई जानकारीमा छैन। मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ तर उहाँ भ्रमणका लागि आउनु भएको हो। र अरु सेनाहरु पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन। त्यो होइन।’
त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयमा आफूले प्राथमिकता दिएको पनि बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया