Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

कपिलवस्तुमा ५ लाख ८८ हजार बढीकाे अवैध सामान तथा कुखुरा बरामद

कृष्णनगर, २८ बैशाख ।

नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएका अवैध सामान तथा कुखुरा बरामद गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा गरेको कारवाहीका क्रममा करिब रु. २ लाख १५ हजार ३ सय ५० बराबरका सामान तथा मोटरसाइकल बरामद गरेको जनाएको छ ।

कपिलवस्तु नगरपालिका-१ बैरी चोकबाट भन्सार छली गरी मोटरसाइकलमा ल्याइँदै गरेको विभिन्न किराना सामान, चियापत्ती, गोल्डी मसला र विभिन्न किसिमका चकलेट गरी रु. २२ हजार २ सय बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति मोटरसाइकलसहित फरार भएका थिए ।

त्यसैगरी, कृष्णनगर नगरपालिका-१२ हरियावाबाट भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको ६६ ओटा ब्रोइलर कुखुरा र मोटरसाइकलसहित रु. १ लाख ७७ हजार ७ सय ५० बराबरको सामान बरामद गरिएको छ । बरामद गरिएको कुखुरा स्थानीय भद्रभलाद्मी तथा पत्रकारको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, बाणगंगा नगरपालिका-८ लक्ष्मणघाटबाट विभिन्न किराना सामान, चियापत्ती, चिनी र जिरा मसला गरी रु. १५ हजार ४ सय बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति मोटरसाइकल छोडेर फरार भएका थिए ।

बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP