दाङ : लमही नगरपालिका–३ नारायणपुमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ००–००१ ख ०२१९ नम्बरको बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन्। उनीहरुको अवस्था मध्यम रहेको छ।
शनिबार राति २ बजेतिर बसको पट्टा भाँच्चिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सातजना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया