Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

महाकाली राजमार्गमा जिप दुर्घटना : १० जना घाइते

बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ तारलमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बैतडी सदरमुकामबाट बसालीका लागि छुटेको से १ ज २२६ नम्बरको जिप सतबाँझ–सिल्लेगडा सडकखण्डको तारलमा बिहीबार दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-११ का २३ वर्षीय डम्बर महरा, दशरथचन्द नगरपालिकाकै ५५ वर्षीय खेमराज भट्ट, दोगडाकेदार गाउँपालिका-४ का सागर विष्ट, दोगडाकेदार-५ का भीम धामी, सोही ठाउँकै २५ वर्षीय दीपक कार्की, २७ वर्षीय वीरसिंह कार्की, उनकी २५ वर्षीया पत्नी लक्ष्मी र आठमहिने छोरा सौगात कार्की रहेका छन्।

यस्तै दोगडाकेदार-५ का १९ वर्षीया दुर्गा धामी र दोगडाकेदार गाउँपालिका-७ का नरेश कार्की पनि घाइते भएका घटनास्थलबाट अस्थाई ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

घाइतेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ। अन्य घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ।

चालकसहित ११ जना सवार जिप दुर्घटनालगत्तै खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमसहितको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए।

दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको छ। पानीले गर्दा सडक सतह चिप्लो र दुर्घटना भएको स्थानमा सडक भासिएकाले दुर्घटना भएको खुल्न आएको छ। जिपचालक भने फरार रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP