Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त

झापा : भ्यानको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएपछि झापाको गौरादह नगरपालिका-७ स्थित ग्वाल्डुब्बा बजार क्षेत्र शुक्रबार तनावग्रस्त बन्यो।

बा ८ च ७७३५ नम्बरको भ्यानको ठक्करबाट सोही नगरपालिका- ७ निवासी २८ वर्षीया सीता साहको मृत्यु भएको थियो। आफ्नै घर अगाडि बसिरहेको अवस्थामा बिहीबार दिउँसो ४ बजे भ्यानले उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएकी उनलाई दमक लाइफलाइन अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको थियो।

उनी दुई महिनाकी गर्भवती थिइन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदा घटनास्थल परिवर्तन गरेको र चालकलाई जोगाउन खोजेको भन्दै आक्रोशित स्थानीय बासिन्दा विरोधमा उत्रिएको स्थानीय बलबहादुर तामाङले जानकारी दिए।

विरोधमा उत्रिएका स्थानीयले ग्वाल्डुब्बा बजारमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सडकमा टायर बालेर नारा जुलुस गरेका थिए। जसले गर्दा ग्वाल्डुब्बा बजार क्षेत्र तनावग्रस्त बन्यो।

घटनालाई सामान्य बनाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। माग सम्बोधन भएपछि घटना साम्य बनेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

पीडित पक्षसँग सहमति भइसकेको छ। शवको पोस्टमार्टम गर्दा ढिलासुस्ती भएकाले स्थानीय प्रदर्शनमा उत्रिएको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP