Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दिनप्रतिदिन चिसो बढ्दै

काठमाण्डाै – दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजो भन्दा पनि कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।  

हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जोमसोमको माइनस १, जिरीको १ दशमलव १, डडेलधुराकाे ४ दशमलव ३ र पोखराको ९ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

पानी परेपछि चिसो ह्वात्तै बढ्ने गरेको भए पनि यो वर्ष पानी नपरेकै समयमा पनि न्यूनतम तापक्रम कम भएको छ ।  बिहान बेलुका, हुस्सु, कुहिरो लागेकाले  चिसो बढेको उहाँले बताउनुभयो ।

अहिले पनि देशको पहाडी र तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहि हटेर घाम लाग्ने  सम्भावना छ । आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने वा हिमपातको सम्भावना छैन ।

पर्सिदेखि भने पश्चिमी वायुको सामान्य प्रभाव पर्ने सक्ने भएकाले देशका केही ठाउँमा सामान्य पानी पर्ने  र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP