Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

४० वर्ष बिनाकसुर जेल बसेका दुर्गाप्रसाद : अमूल्य जीवनको क्षतिपूर्ति रकममा

इलाम : सामान्यतया कारागार कुनै कसुरमा परेर दोषी प्रमाणित भएपछि बसिन्छ। सजायवापत निश्चित समयपछि कारागारबाट निस्किन्छ।

इलामका एक व्यक्ति भने योभन्दा भिन्न प्रक्रियाबाट कारागार बसेका छन्। जो दोषी करार नभई अभियुक्तकै रूपमा कारागार बसेका छन्। त्यही पनि दुई/चार वर्ष नभई ४० वर्षसम्म।

यी हुन् इलाम माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना। दुर्गाप्रसाद कामका सन्दर्भमा भारत गएका बेला भारतकै जेल परेका हुन्। ४० वर्ष कारागार बस्दा दुर्गाप्रसादले धेरै चिज गुमाउनुपरेको छ। आफ्नो लोभलाग्दो लालीजोवन, परिवारसँगको सामिप्यता, समाज र आफन्तसँगका भलाकुसारी सबै कारागारमै सीमित भए।

यति मात्र कहाँ हो र? कारागारकै कारण शरीर चल्न गाह्रो भएको छ। बोल्दा मुख काम्छ, अरू त अरू आफ्नै आफन्त पनि ठम्याउन गाह्रो छ। यो अवस्थामा भने दुर्गाप्रसाद कारागारबाट बाहिर निस्किएका छन्। नेपाल र भारतकै आफन्त र चिनजान भएकाले उनलाई कारागारबाट निकालेका हुन्। तर अब पनि दुर्गाप्रसादलाई सहज छैन।

‘ठूलोबुबा (दुर्गाप्रसाद)को जीवन अस्थिर जस्तो छ। एक ठाउँ बस्नुहुन्न,’ भतिज गोपाल तिम्सिनाले भने, ‘अश्लील शब्द प्रयोग गर्नुहुन्छ। एक जना हेरालु अनिवार्य चाहिन्छ।’

घरमा सबै जना बिरामी छन्। दुर्गाप्रसादका भाइ पनि रोगी छन्। बहिनी मानसिक बिरामी छन्। दुर्गाप्रसादकी आमाको पनि एउटा हात छैन। कान कम सुन्छिन्। घरभरको भरथेग गर्ने एक्ला व्यक्ति हुन् गोपाल।

‘घरमा सबैथोक गर्ने म मात्र हुँ‚’ उनले भने‚ ‘सबै आफैँले गर्नुपर्छ।’

अहिले दुर्गाप्रसाद कारागारबाट छुटे पनि घरमा छन्। घरमा राख्न सकस भएपछि बाहिर राखिएको छ।

कारागार जीवनमा मलम

पछिल्लो समय राहतका रूपमा मानवअधिकार मञ्च नेपाल र अन्य संस्थाले उपचारको व्यवस्था मिलाए। यसले गर्दा दुर्गाप्रसादको शरीरमा केही प्रगति भयो।

अहिले भने बिनाकसुर कारागार बसेकामा क्षतिपूर्ति दिन भारतस्थित कोलकाता उच्च अदालतले दुर्गाप्रसादको पक्षमा फैसला गरेको छ। अदालतले पाँच लाख भारू दिन सरकारलाई आदेश दिएको छ। यसले उनको जीवनमा केही राहत मिलेको छ। बूढेसकालमा दुखेको शरीरमा मलम लगाउन रकमले राम्रै भूमिका खेलेको छ।

तिम्सिनालाई जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए।

‘लामो लडाइँपछि आज दुर्गाप्रसादले थोरै भए पनि क्षतिपूर्ति पाएका छन्‚’ उनले भने‚ ‘यो सकारात्मक कुरा हो।’

अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा लडेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए।

कसरी चल्छ त दुर्गाप्रसादको जीवन?

दुर्गाप्रसादको अमूल्य जीवनको क्षतिपूर्ति पाँच लाख भारू आउने भएको छ। त्यही रकम पनि आउने/नआउने टुंगो छैन। परिवार पनि यो विषयमा विश्वस्त छैन। दुर्गाप्रसादको जीवन चल्न अब झनै गाह्रो छ।

‘ठूलोबुवाको जीवन अब झनै गाह्रो हुन्छ,’ भतिज गोपालले भने, ‘जेलमा पाएको सास्ती पनि बूढो भएको शरीरले पचाउन गाह्रो छ। हामी पनि के गर्ने दोधारमा छौँ।’ गोपालको अब नेपाल सरकारले पनि दुर्गाप्रसादलाई हेर्नुपर्ने धारणा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP