Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाइ शुरु

म्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट एमबिबिएस अध्यापन सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको आइतबार शुभारम्भ गरेकी छन्। शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी आइतबार बिहान ११ बजेर २० मिनटमा हेलिकोप्टरबाट जुम्ला आएकी हुन्।

‘राष्ट्रपति भण्डारीले प्रतिष्ठानको एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतको पहिलो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नु भएको छ,’ प्रतिष्ठानका उपकुलपति  डा. मंगल रावलले भने, ’त्यसपछि ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नु भएको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र  महतले भने, ‘कर्णालीमा एमबिबिएस सञ्चालन हुनु गौरवको विषय हो। यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक छ।’

शैक्षिक कार्यक्रम शुभारम्भमा कर्णाली प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, विज्ञ सल्लाहकार डा.रमेश ढकाल र डा.गुणराज लोहनी लगायतको सहभागिता थियो।

हाल ९ वटा कार्यक्रम सञ्चालन भइरहेको प्रतिष्ठानमा यस वर्षदेखि एमबिबिएसको पनि अध्यापन सुरु भएको छ। चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा एमबिबिएस अध्यापनका लागि २० जनको कोटा छुट्याएकोमा १९ जनाले भर्ना गरेका छन्।

यसैगरी बी फार्मेसीतर्फ २० जनाको कोटा रहेकोमा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ जना र बिपिएचतर्फ ६ जना विद्यार्थी भर्ना भएका छन्। ०६८ सालमा स्थापना भएको प्रतिष्ठानले ०७३ सालमा एमबिबिएस अध्यापन अनुमतिका लागि प्रयास गरेको भएपनि गत फागुनमा २० सिट पाएको गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP