चितवन : भरतपुरको बाइपास रोडमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने ५५ वर्षीय रामहरि श्रेष्ठ रहेका छन्। घाइते पछाडि बस्ने सोही स्थानका पुरन श्रेष्ठ रहेका छन्।
उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
उनका अनुसार साँझ साढे ६ बजेको समयमा आँपटारीबाट भरतपुरको मालपोत चोक तर्फ जाँदै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जाँदै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया