काठमाडौं : जल तथा मौसम विज्ञान महाशाखाले शुक्रबार (भोलि) केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।महाशाखाले बिहीबार मौसमबारे जानकारी दिँदै वर्षा र हिमपात हुने बताएको हो।
महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसममा आंशिकदेखि सामान्य परिवर्तन हुने तथा बाँकी भूभागमा आंशिक परिवर्तन रहनेछ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही भूभागमा स्यार्र पानी पर्नसक्ने र प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हलुका हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य परिवर्तन हुने र बाँकी भूभागमा मौसम आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।
आगामी शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा र बाँकी पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य परिवर्तन हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हलुका हिमपातको सम्भावना रहेको जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया