Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

काठमाडौं : सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ। संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिमाथि नाटक मञ्चन गर्ने बताए।

अध्ययन अध्यापनमा एक साता लाग्ने एक चिहान उपन्यासलाई दुई घण्टाको नाटकमा हेरेर सजिलै बुझ्न सकिने उनको भनाइ छ। नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकाले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक मञ्चन शुरु गर्न लागेको उनले बताए। 

महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’बाट नाटक शुरु गर्ने जानकारी दिए। उनले पढेरभन्दा पनि बढी हेरेर विद्यार्थीमा नाटकको प्रभावकारिता बढिरहेकोले नाटक मञ्चन गर्न लागेको बताए।

‘साँस्कृतिक संस्थानले पहिलेदेखि नै नाटकहरु गर्दै आएको हो। यसमा हृदयसचन्द्रसिंह प्रधानको एक चिहान कक्षा १२ मा समेटिएको छ‚’ राईले भने‚ ‘धेरै कलेज र विद्यार्थीहरुले नै यो मञ्चन गर्नुपर्छ भनेर रिक्वेस्ट आइहरेको थियो। बीचमा कोभिडका कारणले गर्दा क्लासहरु भएन, धेरै कलेज, विद्यार्थीहरुबाट यो नाटक गनुपर्छ भन्ने रिक्वेस्ट आएकोले हामीले गरेका हौँ।’

महाप्रवन्धक राईले पुस ३ गतेदेखि नाटक नियमित मञ्चन हुने बताउनु भयो। उहाँले सांस्कृतिक संस्थानले विभिन्न नाटक, कथा, उपन्यासहरुलाई नाट्य रुपान्तरण गरेर काठमाडौंमा मात्रै नभई बाहिर पनि विद्यार्थीहरुलाई देखाउने तयारी गरिरहेको बताउनु भयो। महाप्रवन्धक राईले कक्षा १२ सम्मका नाट्यकृतिहरुलाई मात्र नभई मास्टर, डिग्रीसम्म अध्ययन गर्नुपर्ने कृतिहरुलाई नाटकमा प्रस्तुत गर्ने लक्ष्य बनाएको पनि बताए। उनले साँस्कृतिक संस्थानलाई आवश्यक बजेट उपलब्ध गराएमा पनि संस्थानले शिक्षाको क्षेत्रमा उल्लेख्य सहयोग पुर्‍याउने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP