Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा २ सय २० जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा एक जनाले काेराेना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । 

अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यसैबीच पछिल्लो २४ घण्टामा ८६ हजार पाँच सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९६ लाख ४६ हजार सात सय २० पुगेको छ । एक करोड २० लाख ९३ हजार नौ सय ८२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले ५७ जिल्लामा १२ वर्षमाथिका र देशभर १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेकोले पायक परेको ठाउँमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP