काठमाण्डाै – ललितपुर महानगरपालिकाले कोरोना प्रभावितलाई आजदेखि सहयोग उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको परिवार, सङक्रमित भई आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएका र अस्पताल भर्ना भई सामान्य उपचार गराएकाहरुलाई राहत रकम वितरण गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।
महानगरपालिकाले कोरोना भाइरसको सङक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको परिवारलाई एक लाख २० हजार, आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने अर्यालले बताउनुभयो ।
महानगरपालिकाले सूचना निकालेर राहत रकमको लागि आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म महानगरपालिकाको सभा हलमा सम्पर्क गर्न अनुरोध गरेको छ । राहत रकमका लागि परिचय खुल्ने कागजात लिएर जानुपर्नेछ । यसअघि महानगरपालिकाको १०३ औँ स्थापना दिवसका दिन प्रतिवडा एक/एक जना गरेर २९ जनालाई रकम वितरण गरिसकेको पनि अधिकृत अर्यालले जानकारी दिनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया