Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं : देशका बिभिन्न स्थानमा गएराति भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। कास्कीमा गएराती ट्रकमा स्कुटर ठोकिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीमा भएको दुर्घटनामा स्कुटर चालक स्थानीय ३० वर्षीय कृष्ण सुवेदी र पछाडी सवार २८ वर्षीय सुनिल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराती १२ बजे सडक छेउमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको स्कुटर ठोकिएको हो। 

यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा कुखुरा बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना भने घाइते भएका छन्। मृत्यु हुनेमा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका १५ का २० वर्षीय कुनथाङ मोक्तान रहेका छन्। घाइते भएका जीप चालकसहित दुई जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ। महोत्तरीबाट कुखुरा लिएर काठमाडौं आउँदै गरेको  प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

यस्तै सुनसरीको इनरुवा नगरपालिका ६ मधेसामा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीकै भोक्राहा नरसिंह गाँउपालिका १ का ५५ वर्षीय रामेश्वर उराउ रहेका छन्। पूर्व पश्चिम लोकमार्गमा को १ च ९० ९१ नम्बरको मिनी ट्रकले उराउलाई ठक्कर दिएको हो। 

यस्तै कैलालीको टिकापुर नगरपालिका ७ बैदीमा गएराती साइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका ८ काँडाका ५५ वर्षीय साधुराम डगौरा रहेका छन्। गएराती साढे नौ बजे डगौरा सवार रहेको साइकल कल्भर्टबाट खोल्सामा खसेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP