Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

देशका विभिन्न भागमा नौजना मृत अवस्थामा फेला

काठमाडौं : देशमा विभिन्न क्षेत्रमा मृत अवस्थामा नौजना फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदीमा कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल छन्।

यस्तै इलामको इलाम नगरपालिका-४ पुवाखोला बजार बस्ने ३४ वर्षीय बिरु भन्ने हर्कबहादुर लिम्बु सोही ठाउँस्थित पानीको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन्। झापाको भद्रपुर नगरपालिका-२ बस्ने २८ वर्षीय कमलसिंह तामाङ सोही नगरपालिका-१ सातलाखे बाँधस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै बाराको कोल्हबी नगरपालिका-७ मौहासपुरस्थित गेरकाही खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बहुदली मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्। त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका-१ शान्ति टोल बस्ने ३३ वर्षीया कल्पना राई आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-९ स्थित महमत फर्निचर पसलमा रंग लगाउने काम गर्ने मोरङ कटहरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय निर्मल राय सोही पसलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। त्यसैगरी पर्साको ठोरी गाउँपालिका-३ सिक्कारी बाँस बस्ने ६४ वर्षीय भगन महतो सोही ठाउँस्थित खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै मोरङको जहदा गाउँपालिका-१ लंकाटोल बस्ने ७० वर्षीया गोलियादेवी बैठा सोही गाउँपालिका लंकाटोलको दशगजास्थित पारिपट्टी पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

त्यसैगरी नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका-१२ कुनुवार बस्ने टिमल हरिजनको गोठमा भारत महाराजगञ्ज थाना निचलौल टिकुलहिया बस्ने ५५ वर्षीय इलताफ अली शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP