काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आयोगले सोमबार सूचना जारी गरि आयोगको ३१ औँ स्थापना दिवसको अवसरमा माघ ८ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।
निबन्धको शीर्षक ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्धन ’ रहेको छ। यसमा देशभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। आयोगका अनुसार निबन्ध दुई हजार देखि ३ हजार शब्दको हुनुपर्ने छ।
मातहत कार्यालयहरूका कार्यक्षेत्र अन्तर्गतबाट प्रथम भएका विद्यार्थीहरूलाई आयोग टंगाल काठमाडौंमा माघ २६ गते प्रतियोगिता सञ्चालन हुने छ। प्रथम हुनेलाई २५ हजार देखि १२ हजारसम्म प्रदान गर्ने आयोगले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया