Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

१६ करोड हिनामिना प्रकरण : सप्तकोशी बैंकका सिइओलाई पक्राउ गर्न माग

विराटनगर : सप्तकोशी डेभपलमेन्ट बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन्।

हिमालका बुबा अमृतप्रसाद र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको दाबी गरेका छन्। बैंकमा करिब १६ करोड रूपैयाँ हिनामिना भएको र उक्त रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब १४ करोड रूपैयाँभन्दा बढी कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको जिकिर गरिएको छ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई उक्त रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन्। ‘मेरो छोरा निर्दोष छ‚’ बुवा अमृतले भने‚ ‘परिबन्दमा परेर फसेको हो।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP