Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

शीतलहर प्रभावितलाई राहत दिनेबारे छलफल गर्दै प्रदेश २ सरकार

धनुषा-बिहीबार परेको वर्षासँगै प्रदेश २ मा अत्यधिक चिसो बढेको छ । दिनभरि चल्ने चिसो हावाले विहान र राति हुस्सुसमेत लाग्ने गरेको छ । चिसोमा गरिब विपन्न तथा दैनिक मजदुरी गर्ने वर्ग बढी प्रभावित हुने गरेका छन् । धनुषा कमला नगरपालिका ९ का दुबरकोट हथलेटवाका ६० वर्षीय रोजाई मन्सुरले भने,‘समान्य दिन त जेनतेन गुजरि हाल्छ । वर्षायाम र शीतलहरमा आफ्नो दैनिकी पहाड जस्तो लाग्न थाल्छ ।’ दैनिक मजदुरी गरेर घरपरिवारको गुजरा गर्ने मन्सुरले भने,‘चिसो छल्न न्यानो कपडा चाहिन्छ, तर कोरोना कालमा रोजगारी गुमेर घरपरिवारको दुई छाक टार्न धौंधौं पर्छ । कहाँबाट न्यानो कपडा खरिद गरौं ।’

चिसो बढ्दै गएपछि गरिब विपन्न, दलितहरुको सहरा पराल बनेको छ । महोत्तरी गौशाला नगरपालिका मलहनियाका मुसर समुदाय परालबाट बनाएका डास्नाको छोछ्यान छ भने राति परालबाट बनेको च्टाई नै ओडने गरेका छन् । विगतका वर्षहरुमा केही संघ संस्थाले राहत दिएका थिए, स्थानीय चुनचुन सदाले भने,‘ति कम्बल च्यातिइसकेको  छ । त्यसकारण पराल नै चिसोको छल्न हाम्रो सहरा बनेको छ ।’

चालु आर्थिक वर्षमा अहिलेसम्म चिसोका कारण ज्यान गुमाएको बारे जानकारी नआए पनि पछिल्ला चार वर्षमा प्रदेश २ मा चिसोले मात्रै  ७४ जनाको मृत्यु भएको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेशमा १० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म रौतहटमा सबभन्दा बढी ३२, सप्तरीमा १८, सिरहामा ७, पर्सामा ६, धनुषामा ४,महोत्तरी र सर्लाहीमा ३/३ र बारामा १ जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैबीच, प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब विपन्नको लागि आवश्यक तयारी थालेको छ । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावित वर्गमा कम्बल, न्यानो लुगाा तथा दाउरा वित्तरण गर्ने तयारी गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने,‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वित्तरण गरिने छौ ।’ ‘शीतलहरबाट जोगिन पुर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको बताउदै मन्त्री साहले भने,‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।’

प्रदेश नीतिक तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् । 
खास गरि विपन्न दलित समुदायसँग चिसोमा न्यायो कपडा नहुदाँ उनीहरु बढी प्रभावित हुने गरेको आयोगमा उपसभापति डा. भोगेन्द्र झाले बताए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP