Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले भन्यो – बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्नू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको छ। पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा‍. संगीता कौशल मिश्रले उच्‍च जोखिम भएका ठाउँमा बन्द गर्नुपर्ने बताइन्। उनले थाहाखबरसँग भनिन्,‘केही दिनदेखि कोभिड बिरामी बढेका छन्,त्यसैले जोखिम भएका ठाउँमा स्मार्ट लकडाउनको अवधारणामा स्थानीय तहले विद्यालय बन्द गर्नुपर्छ,यही हाम्रो आग्रह हो।’

 कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले ‘स्मार्ट लकडाउन’सम्बन्धी कार्यविधि ल्याएको छ। जसमा कोभिडको अवस्थाअनुसार स्थान विशेषलाई विभिन्न चारस्तरमा वर्गीकरण गरी अलग रङबाट अवस्थाको चित्रण गरिने व्यवस्था गरेको छ।

जसअनुसार अति उच्च जोखिमको अवस्था (रेड जोन), उच्च जोखिमको अवस्था (एम्बर जोन), मध्यम जोखिमको अवस्था (एलो जोन) र सामान्य जोखिमको अवस्था (ग्रिन जोन) छ। रेडजोनमा पर्ने जिल्लामा विद्यालय खोल्न नपाइने मन्त्रालयका प्रवक्ता मिश्रले बताइन्। 

पछिल्लाे समय नेपाल पुन: कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बर मानिसमा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा  १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९६ जनामा संक्रमण देखिएको हो। 

त्यस्तै,नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

 ‘हामी तयारी अवस्थामा छौँ’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले पठनपाठन सुचारु राख्ने तयारी अवस्थामै रहेको बताए। उनले भने,‘संक्रमण बढ्दै गएकाले फेरि जोखिम बढेको छ,त्यसैले जोखिम भएका विद्यालय भौतिक उपस्थितिमा पढाइ हुँदैन,अनलाइन पढाइमै जानुपर्छ,हामी तयारी नै छौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP