Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

खोप अभियान सुस्त : कुल जनसङ्ख्याको ४० प्रतिशतले खोप लगाएपछि बुस्टर डोज दिने तयारी

काठमाण्डाै – सरकारले यही महिनाभित्र ६६ प्रतिशत लक्षित नागरिकलाई खोप दिने भनेर लिएको लक्ष्य पूरा नहुने देखिएको छ ।

‘खोप अभियान’ सुस्त हुँदा लक्ष्य पूरा नहुने देखिएको हो । अहिलेसम्म ५५ प्रतिशत लक्षित नागरिकले मात्र पूर्ण खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार दैनिक एक लाखदेखि तीन लाखसम्मले खोप लगाइरहेका छन् ।

१८ वर्षमाथिका लक्षित जनसङ्ख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो डोज र ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

वाग्मती प्रदेशमा ७७ प्रतिशतले पहिलो र ७४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै प्रदेश-१ मा ६७ प्रतिशतले पहिलो र ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने लुम्बिनी प्रदेशमा ७२ प्रतिशतले पहिलो र ५१ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कर्णालीमा पहिलो डोज लगाउने ५५ प्रतिशत र पूर्ण खोप लगाउनेको सङ्ख्या ४४ प्रतिशत छ । यसैगरी सुदूरपश्चिममा ६२ प्रतिशतले पहिलो र ५४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

सबैभन्दा कम प्रदेश-२ मा ५० प्रतिशतले पहिलो र ३९ प्रतिशतले पूर्ण डोज लगाएका छन् । अहिलेसम्म देशभर कुल जनसङ्ख्याको ३६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । कुल जनसङ्ख्याको ४० प्रतिशतले पूर्ण खोप लगाएपछि बुस्टर या अतिरिक्त खोप लगाउने सरकारको तयारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP