Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति

भक्तपुर : काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अगुवाइमा कलेज प्रशासन, विद्यार्थी र अभिभावकका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रवार तीन बुँदे सहमति भएको हो। उनीहरूबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सञ्चालन गर्न सहमति भएको हो।

प्रजिअ शर्माका अनुसार छलफलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ (थ) मा उल्लेखित शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगको मिति २०७८ पुस ५ गतेको सूचनाका सम्बन्धमा थप प्रष्ट हुन सम्बन्धित निकायमा थप छलफल गरी यथाशीघ्र कक्षा सञ्चालन गर्न कलेज प्रशासन, विद्यार्थी र अभिभावक सहमत भएका छन्।

त्यसैगरी मेडिकल कलेजको छात्रावासको विषयमा मेडिकल कलेज र विद्यार्थीबीच समझदारी गरी कार्यान्वयन गर्ने, कलेजको चालु शैक्षिक सत्रमा अध्यापन गराउनुपर्ने धेरै विद्यार्थी आन्दोलनमा रहेको अवस्थामा सबै विद्यार्थीलाई भर्ना गरी पठनपाठन गराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिने र सोही अनुसार कार्यान्वयन गर्ने सहमति भएको प्रजिअ शर्माले बताइन्।

शर्माको रोहवरमा सम्पन्न छलफलमा केएमसीका तर्फबाट प्रमुख कार्यकारी खगेन्द्र न्यौपाने, कलेजका प्रिन्सिपल प्रा.डा. रवीन्द्रमान श्रेष्ठ, प्रशासन विभागका दीपक बस्न्यात, प्रतिनिधि भिमबहादुर चन्द, विद्यार्थीका तर्फबाट प्रविन न्यौपाने, सोनु यादव, नीशा तिवारी, निश्मा सुवेदी, संयुक्ता खतिवडा, राजन पाण्डे, अभिभावकहरू रामहरि खड्का, सम्पत घिमिरे, राम कार्की, श्याम श्रेष्ठ, रेशम कार्कीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP