Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बाेर्डकाे आग्रह

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विषयमा अहिले छलफल भैरहेको र केही समयमै टुङ्गोमा पुग्ने उहाँले बताउनुभयो ।

शैक्षिक क्यालेण्डर अनुसार चैत महिनामै हुनुपर्ने एसईईको बारेमा अझै निर्णय नहुनु र खारेज हुने हल्ला चल्नुले विद्यार्थीमा अन्योल छ । अध्यक्ष शर्माले एसईई खारेज नहुने भएकोले ढुक्क भएर तयारी गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय शिक्षा नीति, २०७६ मा ‘आधारभूत तह अर्थात कक्षा ८ को अन्त्यमा हुने परीक्षा पालिका, कक्षा १० को अन्त्यमा हुने परीक्षा प्रदेश र कक्षा १२ को अन्त्यमा हुने परिक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण संघीय सरकारले गर्ने व्यवस्था मिलाइने भनिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP