काठमाडौं : आश्रममा झारफुक गरेर राखिएकी एक बालिकाको काठमाडाैंमा मृत्यु भएको छ। मृत्यु हुने बालिका सिन्धुपाल्चोक घर भएकी रोशनी श्रेष्ठ रहेकी छिन्।
२१ दिनअघि बिरामी रहेकी ती बालिकालाई धामी उमा शाही ठकुरीले उपचार गरिदिने भन्दै आफ्नो आश्रममा राखेकी थिइन्। नागार्जुन नगरपालिका वडा-१ स्थित पानीट्याङ्कीकी ठकुरीले बालिकाको उपचारका नाममा झारफुक गरेको तथ्य खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिए।
शनिबार बिहान बालिकाको अवस्था गम्भीर भएको भन्दै परिवारलाई खबर गरेपछि थप उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले ती बालिकालाई मृत घोषणा गरेका थिए।
धामी शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले थाहाखबरलाई जानकारी दिए। बालिकाको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। शाहीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूकाे हिरासतमा राखिएकाे प्रहरीले जनाएकाे छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया