Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विश्वकै लामो रेडियाे अन्तर्वार्ता लिएर पत्रकार निरौला र पर्यटनविद् शेर्पाले राखे कीर्तिमान

साेलुखुम्बु – नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान बनाउनुभएको छ ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको कीर्तिमान भङ्ग गर्दै नेपालको तर्फबाट विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

‘पर्यटन र जलवायु परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गएको कात्तिक २२ गते सोमवार बिहान ७ः३५ बजे सुरु भइ कात्तिक २३ गते मङ्गलवार बिहान ९ः०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाण्डौमा भएकाे थियो ।

निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले हिजाे सोमवार मान्यता दिएको थियाे । 

आधिकारिक मान्यता पाएपछि कीर्तिमानी पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्त्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताउनुभयो । आफ्नो पेसाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ ।

पर्यटनविद् आङफिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत महत्त्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायु परिर्वतनको असर’ विषयमा विश्वकै लामो अन्तर्वार्ताबाटमार्फत पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिर्वतनको न्यूनीकरणमा विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले याे अन्तर्वार्ता आयोजना गरिएको उहाँको भनाइ छ ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेल विज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबीसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको कीर्तिमान थियो ।

सोलुखुम्बुका पत्रकार निरौलासँग पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह गरी रेडियो, टेलिभिजन र पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पासँग पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP