Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

यस्ता छन्, नेपालले अफगानिस्तानलाई पठाउने सहायता सामग्री

काठमाडौं : ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोली आइतबार त्यसतर्फ जाने बताए। 

न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारका तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको बताए ।

मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गरेका छन्। उनका अनुसार आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ ।

नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरूमा औषधोपचार, लत्ता कपडा र अन्य अतिआवश्यकीय घरायसी सामानहरु रहेका छन् ।

‘यसमा खास गरेर संयुक्त राष्ट्र संघले तीन वटा क्याटेगोरीका सामान दिएको थियो। एउटा, औषधि उपचार,दोस्रो लत्ताकपडा (न्यानो कपडाहरू)  र अर्को चाँहि आवश्यक घरायसी सामानहरु। जस्तैः चिया खाने कपहरू, भाँडाकुँडा, गिलासहरूको लिष्ट छ । त्यो सामानहरु हामीले भोलि हवाइजहाजमा लिएर जान्छौं र त्यहाँ संयुक्त राष्ट्र संघलाई नेपाली जनताको तर्फबाट अफगानिस्तानको जनताका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ ।’ 

परराष्ट्रमन्त्री खड्काले भने ‘नेपालको इतिहासमा पहिलो चोटी प्लेन नै लिएर सहायता सामानसहित जाँदैछौ। एउटा दक्षिण एशियाली संगठनको सदस्य राष्ट्रको नाताले पनि हामीहरुले एउटा ठूलो सहयोग प्रदान गर्नेछौं ।’

मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे ।

उनले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए। 

हामी हरेक कुरामा माग्ने, अर्काको भरपर्ने खालको इमेज बाहिर गयो । त्यो इमेजलाई हामीले सुधारेर अन्तराष्ट्रिय जगतमा नेपालले पनि गर्न सक्छ, नेपालको पनि त्यो क्षमता छ र संकट परेको बेला नेपालले पनि निकै ठूलो स्केलमै पनि सहयोग गर्न सक्छ भन्ने एउटा सन्देश पनि दिन्छ,’ मन्त्री खड्काले भने। 

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए।

उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP