सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाद्वारा किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो ।
गाउँपालिकाको १० औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।
‘इन्द्रावती समृद्धिकाे आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि क्षेत्रलाई व्यवस्थित गराउन गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्द्रसमेत स्थापना र प्रवद्र्धन गर्ने भएको छ ।
किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषक व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने गाउँपालिकाले जनाएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया