Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

साइपालमा खाद्यान्न अभाव

बझाङ : साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। हिमाली क्षेत्रमा रहेको साइपालको वडा नम्बर ५ न्युनामा खाद्यान्न ढुवानी नहुँदा ३४ घर परिवार भोकमरीको चपेटामा परेका हुन्।

धोज बोहरा, डबल बोहरा, मनविर‚ बोहरालगायत गाउँका बासिन्दाले दुई महिनाअघि चामलका लागि ४ लाख ६० हजार रुपैयाँ बुझाए पनि चामल नपाएको र घरमा भएको जौँलगायत अन्न सकिएपछि समस्या भएको स्थानीय उमेश बोहराले बताए। चामल ढुवानीका लागि जिम्मा लिएका राजन कुँवर र जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष दलबहादुर विष्ट भने अहिलेसम्म सम्पर्कमा नआएको उमेशले बताए।

उब्जनी नहुने यस क्षेत्रका बासिन्दाहरु हरेक वर्ष भोकमरीको समस्या भोग्दै आएका र अर्कोतर्फ ब्यापारीहरुले अनुदानको चामल सस्तोमा किन्ने भएकाले उपभोक्ताहरु त्यही चामल महँगोमा किन्ने गरेको र सर्व साधारण मर्कामा पर्ने गरेको स्थानीय धोज बोहराले बताए। यस क्षेत्रका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत जडिबुटी, भेडापालन, यार्चागुम्बा भए पनि पछिल्लो समय वन नासिँदै गएपछि जडिबुटी र भेडापालन व्यवसाय लोप हुँदै गएको छ।

न्युना जानेबाटोमा हिउँ परेका कारण ढुवानी गर्न खच्चड नपाइएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। उनलेभने, ‘चामल ढुवानीका लागि गाउँपालिकाले पेस्की समेत दिइसकेको छ‚’ उनले भने‚ ‘पहिला बाढीपहिरोले गर्दा सदरमुकाम चैनपुरमा समेत चामल ल्याउन ढिलाइ भयो। अहिले बाटोमा हिउँ परेकाले चामल ढुवानी गर्न समस्या भयो। खाद्य संस्थान र जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाबाट पत्र पठाएका छौं’

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आफू भर्खरै जिल्लामा आएकाले त्यो बारेमा थाहा नभएको र आज जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालय प्रमुखहरुसँगको भेटघाट तथा छलफलमा उक्त कुरा उठेकाले खाद्य संस्थानसँग ढुवानीका लागि कुरा बुझेर पहल गर्ने बताए।

साईपाल गाउँपालिका वडानम्बर ५ की वडा सचिव सुम्निमा गिरीले भने खाद्य संस्थानसँग हिमपातले भेडा, खच्चडबाट खाद्यान्न ढुवानी गर्न समस्या भएपछि बैकल्पिक बाटोबाट तथा हेलिकोप्टर बाट खाद्यान्न ढुवानी गर्न व्यवस्था गर्नका लागि पत्र पठाएको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP