Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ओखलढुंगामा गुडिरहेको गाडीलाई ढुङ्गाले किच्दा ३ जनाको मृत्यु, ३ घाइते

सोलुखुम्बु : ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तिन जनाको ज्यान यात्रुको गएको छ। ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला,१० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० गोबिन्दराज काफ्लेका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्। सिद्दिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले आइतबार बिहान अन्दाजी ९ बजे माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नंबरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तिन जना घाइते भएका छन्।

घाइते मध्य देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौ पठाउने तयारी भइरहेको डिएसपी काफ्लेले बताए। 

जिल्लाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP