Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन, तत्काल काम थाल्न निर्देशन

काठमाडौं : सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ।

क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिए।  

उनका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो।

‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उनले भने, ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ।’

गत असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो।

त्यसपछि हालसम्म मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आएको छैन। 

बाढीले खानेपानीको हेड वर्क्समा क्षति पुगेको छ। त्यस्तै सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ।

आयोजनामा बाढीका कारण १ अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाको आकलन छ।

७ महिनापछि पुरानै कम्पनीलाई ठेक्का, काम थाल्न निर्देशन

आयोजनामा क्षति पुगेको ७ महिनापछि पुरानै कम्पनी चिनियाँ सिनो हाइड्रोलाई मर्मत गर्न ठेक्का दिइएको छ।

नयाँ कम्पनीलाई ठेक्का दिँदा धेरै समय लाग्ने भएकाले काठमाडौंमा पानी छिटो ल्याउन सिनोलाई ठेक्का दिएको मन्त्रालयका प्रवक्ता ढकालले बताए। 

इटालियन कम्पनी सिएमसीले योजनाको काम नसकिँदै बीचैमा छाडेपछि चीनको सिनो कम्पनीले २०७६ मा आयोजनाको सुरुङमार्गलगायत बाँकी काम पूरा गर्ने ठेक्का पाएको थियो।

प्रवक्ता ढकालका अनुसार काम तत्काल थाल्न पनि निर्माण कम्पनीलाई आयोजनाले निर्देशन दिएको छ।

‘हामीले पनि काम थाल्न निर्देशन दिएका छौँ, अबको २/३ दिनमा निर्माण कम्पनीले काम थाल्ने छ’, उनले भने।

उनले अहिले निर्माण सामग्री लाने तयारी भइरहेको बताए।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई सुरुङ जाने अस्थायी बाटो खुलाइसकेको छ।

यसअघि बाढीले त्यहाँ जाने बाटो अवरुद्ध गरेको थियो।

उपत्यकामा पानीको समस्या, आउला त वैशाखमा मेलम्चीको पानी ?

आयोजना सुरु भएको दुई दशकपछि अर्थात् गत चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो।

आयोजनाले सुरुङ परीक्षण गर्ने भन्दै असार १ देखि सुरुङमा पानी पठाएको थिएन तर सोही दिन बाढीले आयोजनामा क्षति पुर्‍यायाे।

​मेलम्चीको खानेपानी नआएपछि अहिले उपत्यकाभित्र पुनः पानीको समस्या भएको छ।

उपत्यकामा चाहिएको पानीको माग धान्न हम्मेहम्मे परेको छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार अहिले उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ तर केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले अहिले कुवा, बोरिङलगायत स्रोतबाट दैनिक १०/११ करोड लिटर पानी मात्र आपूर्ति भएको बताउँछन्।

केयुकेएलका अनुसार करिब २ लाख ग्राहक केयुकेएलका छन्।

केयुकेएलका प्रवक्ता राईले अहिले हिउँद भएकाले झनै यी स्रोतको पानी घट्दै गएपछि पानी पुर्‍याउन समस्या भएको बताए।

‘वर्षातका वेला दैनिक १४ करोड लिटरसम्म पानी आपूर्ति हुन्छ’, उनले भने, ‘तर अहिले पानी परेको छैन, त्यसैले घट्छ।’ 

यता मन्त्रालयका प्रवक्ता ढकाल आगामी वैशाखसम्म मेलम्ची पानी ल्याएर उपत्यकावासीलाई खुवाउने लक्ष्य सरकारको रहेको बताउँछन्।

‘कामको प्रारम्भ हुन लागेको छ, अस्थायी रूपमा भए पनि वैशाखसम्म पानी आउँछ’, उनले भने। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP