Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरुद्ध नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

खड्काले १२ कक्षा उत्तीर्णको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। खड्का महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरिक्षकका रुपमा कार्यरत थिए।

अख्तियारका अनुसार खड्काले प्रहरीमा पेस गरेको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो। खड्काले प्रहरीबाट राजीनामा दिइसकेका छन्। अख्तियारले अनुसन्धानका क्रममा माध्यमिक शिक्षा परिषद् वाराणशी, उत्तर प्रदेशबाट जारी भएको आइएको झूटो प्रमाणपत्र पेस गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट खड्का प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको छ।

२०५९ माघ १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका खड्का सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लवबाट फुटबल खेलेका थिए। त्यसपश्चात ६ वर्षसम्म उनले पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए। गत वर्ष राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षकसमेत हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP