Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बैतडीमा बस दुर्घटना, आठ जना घाइते

बैतडी : बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको  छ।  जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका २ रौतगाँउमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेर आठ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

घाइते हुनेहरुमा मेलौली नगरपालिका ६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाका शुशीला चन्द, शिवनाथकै जनक औझी, रामसिंह साउद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका पुजा भट्ट, बारा घर भएका सिराज अन्सारी रहेका छन्।  उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ।  ३२ यात्रु रहेको उक्त बसमा सवार अन्यको अवस्था सामान्य  प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ।   बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ का विरेन्द्र लुहारलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।  दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP