काठमाण्डाै – काठमाण्डाैकाे गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी र सडकबीचको किनारमा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना निकालेकाे छ ।
समितिले नदी किनार छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन सात दिने र अस्थायी संरचना हटाउन तीन दिने सार्वजनिक सूचना शनिवार (हिजो) निकालेकाे हो । मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दा पनि नदी र सडकबीचको किनारमा अनधिकृत रूपमा बनेका अस्थायी तथा स्थायी संरचना हटाउन सार्वजनिक सूचना निकालिएकाे समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।
सूचना अधिकारी अर्यालले आज सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नदी किनारमा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पार्नुभयो । उहाँले नदी किनारका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
समितिका अनुसार थापाथली वाग्मती किनारमा मात्रै एक सय ४५ घरधुरी सुकुम्बासी बस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको समितिले जनाएको छ ।
याे समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरेको थियो । समितिका सूचना अधिकारी अर्यालले आजभन्दा १५ दिनअघि त्याे खण्डमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरिएको बताउनुभयो ।
समितिले वाग्मती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रूपमा बनेका सबै संरचना सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया