Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत अग्रह गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्तिमार्फत तथ्यगत पुष्ट्याइँ नभइ, अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले त्यसतर्फ ध्यान दिन यस्तो आग्रह गरेको हो ।

प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चार माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने व्यवस्था छ ।

विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको छ । यसरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भइ एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

तथ्यगत पुष्टी बेगर समाचार सम्प्रेषण गर्ने उक्त समाचार संस्था र प्रकाशन गर्ने अनलाइनहरूलाई काउन्सिलले स्पष्टीकरणसमेत सोधेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP