Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लिँदै : अध्ययन

एजेन्सी – जलवायु परिवर्तनले सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीका अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीले १८० फिटभन्दा बढी हिउँ गुमाएको हो ।

करिब २५ हजार ९३८ फिटको उचाइमा रहेको सो हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी तीव्र गतिमा पात्लिँदै गएको उनीहरूको भनाई छ । विश्वमा बढ्दो तापक्रम र तीव्र गतिको हावालाई यसको प्रमुख कारण मानिएको छ ।

सन् १९९० यता हिमनदीमा बन्न २ हजार वर्ष लागेको बरफ पग्लिसकेको शोधकर्ताहरूले बताएका छन् । हिमनदीको बाक्लो बरफको पत्र पग्लिएर त्यस तल रहेको कालो भागलाई सूर्यमा उजागर गर्दै पग्ली प्रक्रियालाई थप तीव्र बनाएको पनि उनीहरूले बताएका छन् ।

१० जना वैज्ञानिकहरूको सो हिमनदीमा पुगेर अध्ययन गरेका थिए । उनीहरूले त्यहाँ विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना पनि लिएर आएका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP