Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

नोबेलमा दूरविनबाट गरियो ढाडको नसाको शल्यक्रिया

विराटनगर : मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दूरविनको माध्यमबाट गरिएको छ। झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङसिंह धिमालको दूरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

अस्पतालको न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो। काठमाडौं उपत्यकाबाहिर पहिलो पटक दूरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको डा. काफ्लेले बताए।

‘मेरुदण्डमा नसा च्यापिँदा सामान्य अवस्थामा औषधि दिइन्छ, अपरेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ। तर, दूरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अपरेशन कमै हुन्छ‚’ उनले भने, ‘काठमाडौं उपत्यकाबाहिर पहिलो पटक हामीले यस्तो अपरेशन सफलतापूर्वक गरेका हौं।’

धिमालको ढाडमा सानो प्वाल बनाएर दूरविनको माध्यमबाट अपरेशन गरिएको हो। दूरविनको माध्यमबाट अन्य किसिमका अपरेशन भइरहन्छन्। नोबेलमै पनि दूरविनको प्रयोग गरेर अपरेशन हुँदै आएको छ। तर, ढाडको नसा च्यापिएको समस्याको अपरेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन।

दूरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अपरेशन गर्दा सानो घाउ हुँने भएकाले बिरामीलाई निकै सहज हुन्छ। सानो घाउ हुनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै बिरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP