Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

खोपको विवरण आज बेलुकासम्म बुझाइसक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले आज बेलुकासम्म विवरण बुझाउन भनेको छ । 

यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा १ सय ९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले पुन: सूचना जारी गरेको हो । 

खोपको मात्राको विवरण नपठाएका निकायलाई आज कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ । खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP