काठमाण्डाै – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा नियमित पठनपाठनबाहेकका काम नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई सचेत गराएको छ ।
केन्द्रले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई आज मङ्गलवार पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भए/नभएको बारे अनुगमन गर्न भनेको हो । सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने/पढाउने तथा त्यससँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइलाई लेखेको पत्रमा उल्लेख छ ।
‘यस्तो कार्य शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भइ विभागीय सजायसमेत आकर्षित हुने भएकाले विद्यालय समयमा त्याे काम नगर्न, नगराउनु हुन स्थानीय तहमार्फत सम्बन्धित सबै शिक्षकहरूलाई निर्देशन दिन र इकाइमार्फत नियमित अनुगमनको व्यवस्थासमेत मिलाउन हुन अनुरोध छ’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रमा उल्लेख छ ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया